मेडिकल न्यूज टूडे डटकमका अनुसार अदुवा स्वास्थ्यका लागि निकै लाभदायक छ। यसलाई तरकारीमा मसलाको रुपमा र चियामा पनि उपयोग गरिन्छ ।
अदुवामा शरीरलाई लाभदायक विभिन्न तत्व हुने भएकोले विभिन्न आयुर्वेदिक औषधि र सौन्दर्य सामग्रीमा पनि प्रयोग गरिन्छ। यसका केही फाइदा यसप्रकार छन्।
१) अदुवा पाचन प्रणालीका लागि निकै लाभदायक छ। यसको नियमित सेवनले अपचको समस्या झेलिरहेकाहरुका लागि फाइदा हुन्छ।
२)अदुवाले खोकीको समस्या समाधान गर्छ। चिया, तरकारीमा नियमित सेवनका साथै खोकी लागेको बेला पोलेर अदुवा खाँदा केही राहत मिल्छ।
३) अदुवाले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। साथै रक्तप्रवाहलाई सन्तुलित बनाउन पनि सहयोग गर्छ।
४) अदुवाले रगतमा हुने चिनीको मात्रालाई नियन्त्रण गर्छ। कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्ने हुनाले अदुवाको नियमित सेवन गर्दा मुटुरोगको जोखिम पनि कम हुन्छ।
५) वाकवाकी लाग्ने समस्या कम गर्न पनि यसले मद्दत गर्छ। गाडी चढ्दा रिंगटा लाग्ने र वाकवाकी लाग्नेले अदुवाको टुक्रा चपाउँदा फाइदा हुन्छ।
६) चिसो तथा रुघाखोकीबाट बच्न पनि अदुवाको प्रयोग गर्न सकिन्छ।
७) अदुवाले मांसपेशीका साथै जोर्नी दुख्ने समस्याबाट पनि छुटकारा दिन्छ।
सम्बन्धित खबर
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
यो पनि पढौँ
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन