मेडिकल न्यूज टूडे डटकमका अनुसार अदुवा स्वास्थ्यका लागि निकै लाभदायक छ। यसलाई तरकारीमा मसलाको रुपमा र चियामा पनि उपयोग गरिन्छ ।
अदुवामा शरीरलाई लाभदायक विभिन्न तत्व हुने भएकोले विभिन्न आयुर्वेदिक औषधि र सौन्दर्य सामग्रीमा पनि प्रयोग गरिन्छ। यसका केही फाइदा यसप्रकार छन्।
१) अदुवा पाचन प्रणालीका लागि निकै लाभदायक छ। यसको नियमित सेवनले अपचको समस्या झेलिरहेकाहरुका लागि फाइदा हुन्छ।
२)अदुवाले खोकीको समस्या समाधान गर्छ। चिया, तरकारीमा नियमित सेवनका साथै खोकी लागेको बेला पोलेर अदुवा खाँदा केही राहत मिल्छ।
३) अदुवाले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। साथै रक्तप्रवाहलाई सन्तुलित बनाउन पनि सहयोग गर्छ।
४) अदुवाले रगतमा हुने चिनीको मात्रालाई नियन्त्रण गर्छ। कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्ने हुनाले अदुवाको नियमित सेवन गर्दा मुटुरोगको जोखिम पनि कम हुन्छ।
५) वाकवाकी लाग्ने समस्या कम गर्न पनि यसले मद्दत गर्छ। गाडी चढ्दा रिंगटा लाग्ने र वाकवाकी लाग्नेले अदुवाको टुक्रा चपाउँदा फाइदा हुन्छ।
६) चिसो तथा रुघाखोकीबाट बच्न पनि अदुवाको प्रयोग गर्न सकिन्छ।
७) अदुवाले मांसपेशीका साथै जोर्नी दुख्ने समस्याबाट पनि छुटकारा दिन्छ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
दसैँमा मासु कसरी खाने ?
स्याङ्जामा कुष्ठरोगका आठ नयाँ संक्रमित फेला
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’