गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ५१ पुग्यो

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ५१ पुग्यो

Corona update 1

पोखरा । गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमण देखिएको छ । यो संगै गण्डकीमा संक्रमितको संख्या १ सय ५१ पुगेको छ । गोरखाका ४ जना जना संक्रमण पुष्टि भए संगै गण्डकीको कुलको संख्या १ सय ५१ पुगेको हो ।

गण्डकीमा बुधबारसम्म १ सय ४७ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले आजको कोभिड लाइभ अपडेटमा संक्रमितको संख्या १ सय ५१ पुगेको जानकारी दिएका हुन् ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नै गोरखामा संक्रमित थपिएको पुष्टि गरे पनि प्रदेश स्वास्थ्य निर्देशनालयले आज अपडेट गरेको हो ।

गण्डकी प्रदेशका संक्रमितमध्ये ११ जना बीको भएर घर फर्किएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमित मध्ये स्याङ्गजा वालिङ्गका एक वृद्धको मृत्यु भएको छ । अहिले १ सय ३९ जना क्वारेन्टाइनमा रहेका छ्न ।

अहिलेसम्म गण्डकी प्रदेशमा १ हजार ६ सय ४३ जनाको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

दैनिक २ सय ५० भन्दा बढी परीक्षण गरिरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले बताए । उनले भने ‘यति हुँदाहुदै पनि पेन्डिंङ्ग हुने नमुनाको संख्या बढ्दो छ ।’

गण्डकी प्रदेशमा दुई वटा पीसीआर मेसिनबाट कोरोना परीक्षण भईरहेको छ ।

गण्डकी प्रदेशका कुन जिल्लामा कति छन् कोरोना संक्रमित ?

बागलुङमा ३७ जना पुरुष र ३ जना महिला गरि कुल ४० जना, गोरखामा १४ जना पुरुष र १ जना महिला गरि कुल १५ जना, कास्कीमा कुल ५ जना पुरुष, लमजुङ्गमा १ जना पुरुष, म्याग्दीमा ३ जना पुरुष, नवलपुरमा ३५ जना पुरुष र २ जना महिला गरि कुल ३७ जना, पर्वतमा ९ जना पुरुष, स्याङ्गजामा ३७ जना पुरुष र १ जना महिला गरि कुल ३८ जना र तनहुँमा ३ जना पुरुषमा कोरोना संक्रमण भएको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ५१ पुगेको छ । अहिलेसम्म गण्डकी प्रदेशको मनाङ र मुस्ताङ्गमा कोरोनाको संक्रमण देखिएको छैन । गण्डकीका अन्य ९ वटा जिल्लामा भने संक्रमण पुष्टि भईसकेको छ ।

निको हुने ११ जना कुन जिल्लाका कति ?

गण्डकी प्रदेशमा कोरोना जितेर निको हुनेको संख्या ११ जना पुगेको छ । जसमा बागलुङ्गका ६ जना, स्याङ्गजाका ३ जना, लमजुङ्ग स्थायी ठेगाना भई काठमाडौमा उपचाररत १ जना, नवलपुरका १ जना गरि कुल ११ जनाले कोरोना जितेर घर फर्किएका छ्न ।

नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४

बितेको २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा १८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १७९ पुरुष रहेका छन् ।

योसँगै कूल निको हुनेको संख्या ८६१ जना पुगेको पनि गौतमले जानकारी दिए । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds