पोखरामा रहेको मनिपाल अस्पतालले नागरिकको स्वास्थ्यमा गम्भिर खेलाँची गरेको छ । एक त अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि मात्र उसले सतर्कता अपनाएको छ । जसले गर्दा दुई दर्जन नर्स तथा डाक्टर क्वारेन्टाइनमा पुगेका छन् । अर्को त, कोरोना पुष्टि भएको बिरामीलाई कोरोना डेडिकेटेड हस्पिटल लैजाने क्रममा सामान्य बिरामी सरह साधारण एम्बुलेन्स प्रयोग गरियो भने अस्पतालका प्रमुखसँग समेत कुनै समन्वय नगरेको पाइएको छ ।
पर्वतको कुश्मा नगरपालिका ३ का ३५ बर्षीय पुरुष जेठ २२ गते मोटरसाइकल दुर्घटना भएपछि उपचारका लागि अस्पताल आएका थिए । २ दिनसम्म बेहोस उनको टाउकोको शल्यक्रिया भएको थियो । उनको २५ गते उनको स्वाब लिइएको र शुक्रवार पोजेटिभ आएको हो ।
कोरोना पुष्टि भएका उनलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसनमा लगेर छाड्ने क्रममा लापरबाही भएको निर्देशक डा. अर्जुन आचार्यले गुनासो गरेका छन् । सामान्य बिरामी सरह सुरक्षाका कुनै उपाय नअपनाईकन अन्य मानिससँगै एम्बुलेन्समा पठाएको उनको भनाई छ । उनमा हाडजोर्नीको समेत समस्या रहेको बताउँदै आचार्यले स्वास्थ्य निर्देशनालय र सम्बन्धित अस्पतालले कुनै समन्वय नगरी संक्रमित पठाउँदा जोखिम बढेको बताए ।
मनिपाल अस्पतालको यस्तो गैरजिम्मेवारीपन र स्वास्थ्य निर्देशनालय गण्डकीको अभिभावकीय भूमिका नहुँदा कोरोना संक्रमण फैलने भय बढेको छ । अस्पतालमा कार्यरत दर्जन बढी नर्स, डाक्टरसहित करीब दुई दर्जन स्वास्थ्यकर्मी अस्पतालकै क्वारेन्टिनमा छन् । उनीहरुको पनि स्वाब संकलन गरिएको छ । संक्रमित पुरुष रहेकै वार्डमा रहेका ४ अन्य बिरामीको पनि कोरोना परीक्षण गरिँदै छ।
मनिपालमा उपचाररत पर्वतका पुरुषलाई कोरोना पुष्टि, दुई दर्जन क्वारेन्टाइनमा
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु