गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
‘स्वतन्त्र पोखरेली युवा’ समूहले पोखरामा विहीबार सरकारविरुद्ध प्रदर्शन गर्दा १ घण्टासम्म शान्तिपूर्वक नै थियो । त्यसपछि समूह बाहिरका युवाहरुको हुल आयो । सरकार बिरोधी नाराबाजी गरे । आयोजकले प्लेकार्डमा लेखेर मौन प्रदर्शन गरेका थिए । तर, भिडले भने नाराबाजी नै गर्दै सरकारको चर्को बिरोध गरे । पछि, प्रहरीले बल प्रयोग गर्नुपर्ने बाध्यता नै आयो ।
तत्कालै समूहकी एक अभियन्ता स्मृति बरालले एक युट्युब भिडियोमा गरेको कुराकानीमा विपक्षी दलका युवाहरुले यो अभियानबाट फाइदा लिगौं न भन्ने मनसायले जोडिएको बताएकी थिईन् । उनले जेल गएर उहाँहरुलाई राजनीतिक फाइदा मिल्ने भन्दै नेवि संघ कहिलेसम्म अर्काले पकाएको भात खान आउँछन् ? भन्दै प्रश्न समेत गरेकी थिईन् । पछि आयोजक समूहका तर्फबाट राजनीतिक दलका युवाले गरेको अभद्र व्यवहारप्रति निन्दासमेत गरिएको थियो ।
प्रहरीले नेबि संघ, नेपाली काँग्रेसका कार्यकर्ता हुन् भन्ने बारेमा चाहिँ केही भनेको थिएन । प्रहरीले ढुंगा र बोत्तल हान्ने दुई जनालाई पक्रिएको पत्रकारहरुलाई बताएका थिए । सोहि आधारमा समाचार बन्यो । पक्राउ परेका बिमल पहारी काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष (पोखरा ६ अध्यक्ष जगत पहारी) का छोरा भएका कारण पनि काँग्रेसका युवाहरुले घुसपैठ गरेको निश्कर्षका आधारमा समाचार आए । पक्राउ पर्नेमा बिमल बहादुर पहारी र प्रेमबहादुर केसी रहेका थिए । उनीहरु राति छुटेका थिए । शुक्रबार नेबि संघ र स्वयं पहारीले यसबारे खण्डन गरेको छ ।
नेवि संघ कास्कीको आधिकारिक सहभागिता छैनः अध्यक्ष थापा
नेवि संघ कास्की अध्यक्ष विकास थापाले पोखरामा मात्र नभई युवाहरुले स्वतस्फूर्त रुपमा राष्ट्रिय झण्डा लिएर प्रदर्शन गरेको बताउँदै पोखरामा भएको कार्यक्रममा नेवि संघले गरेको घुसपैठको समाचारप्रति निन्दा गरेका छन् ।
प्रदर्शनमा आधिकारिक सहभागिता नभएको जनाउँदै उनले राजनीतिक दललाई जोड्नु आपत्तिजनक रहेको बताए । युवाहरु सबै दलका गएका र सबै स्वतन्त्र हिसाबले आफ्नो झण्डा नबोकी देशको झण्डा बोकेर सहभागिता जनाएको उनको भनाई छ।
बिमल भन्छन्ः ‘म सधैं राष्ट्रका पक्षमा’
एउटा सचेत नागरिकको हैसियतले स्वविवेक, नैसर्गिक अधिकार प्रयोग गर्दै आफू पनि सो प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै आफू पनि सहभागी रहेको बताएका छन् । कार्यक्रमको अन्ततिर राष्ट्रबैंक चोक नजिकै केही युवाहरुको आवाज बुलन्द भइरहेको सुनेपछि आफू पुगेको उनले सुनाएका छन् ।
कसैको राजनीतिक विचारसँग असहमति राख्ने आफ्नो उद्देश्य नभएको बताउँदै पहारीले आफ्नो अभिव्यक्ति नै पहिलो आवाज बन्न पुगेको उल्लेख गरे । उनले भनेका छन् ः के एउटा जनप्रतिनिधिका छोरा देशको सचेत नागरिक हुन सक्दैन ? मनमा लागेका भावना व्यक्त गर्न पाउँदैन ? मेरो विमति यहींनेर हो कि यही कुरालाई कसैले राजनीतिकरण गर्ने कोसिस गरिदियो र अफवाह फैलिदियो त्यो मान्छे उच्छृंखल छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’