काठमाडौं । नेपाली स्वामित्वको अग्रणी इकमर्स कम्पनी सस्तोडिल डटकम (sastodeal.com) र नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच ब्यापार साझेदारी भएको छ। यस साझेदारी सँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको इकमर्स सेवा सस्तोडिलले हेर्ने भएको हो ।
निजि इकमर्स कम्पनीसंग नेपाल सरकारले पहिलोपटक ब्यापार साझेदारी गरेको छ। नेपाली इकमर्स क्षेत्रमा यो ऐतिहासिक साझेदारी हो ।
साझेदारी सँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मुल्यका सामग्री ग्राहकले घरमै पाउने भएका छन् ।
साथै होम डेलिभरी नि:शुल्क रहेको सस्तोडिल डटकमका निर्देशक एवम् सिइओ अमुन थापाले जानकारी दिए ।
कोभिड१९ को महामारीले गर्दा लकडाउन सुरु भए सँगै इकमर्स कम्पनिको माग ह्वात्तै बढेको थियोे ।
यसै सन्दर्भमा सरकारले इकमर्स सेवा सुरु गरेको थियो ।
सो सुरुवात सँगै सहकार्यको प्रयास गरिएको र विभिन्न चरणमा तयारी गरि कामको मोडालिटी बनाएर सम्झौता गरिएको थापाले बताए।
मोडालिटी अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सस्तोडिलको वेसाइटमा भेन्डरको रुपमा समेटिएको छ।
ग्राहकले सस्तोडिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरि अर्डर गर्न सक्नेछन् ।
हाल दाल, चामल, नुन, डीडीसीका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ।
तत्काललाई काठमाडौ उपत्यकाको चक्रपथ भित्र मात्र डेलिभरी हुने बताइएको छ ।
अर्डर गरेको एक दिन भित्रै डेलिभरी हुने र कम्तीमा दुई हजार देखि बढिमा पाँच हजार समको अर्डर गर्न सकिने छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष