सरकार चलायमान रहेको सिम्बोलिक सन्देश दिनेगरी वर्षे अधिवेशनपछि मन्त्रीमण्डल पुनर्गठनको तयारी छ । प्रधानमन्त्री झैँ अध्यक्ष प्रचण्ड पनि मन्त्रीमण्डलका एकाध सदस्यलाई तत्काल फिर्ता बोलाउनुपर्ने दबाबमा छन् ।यही मौकामा आफ्नो आग्रह अवज्ञा गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई दाहालले हटाउनुपर्ने इज्जतको सवाल बनेको अवस्था छ । तर, दुबै जना सरकारमा गएदेखि नै प्रधानमन्त्री ओलीको इच्छाअनुसार चलिरहेकोले उनीहरुको नियति के हुन्छ यकिन छैन ।
जनआस्थाले समाचार प्रकाशित गरेको छ:
पहिलो लटमा मन्त्री बनेका सबैलाई फिर्ता बोलाउने मापदण्डमा अध्यक्षद्वय सहमत हुनसक्ने बताइएको छ । उक्त मापदण्ड अपनाउँदा ओली र दाहाललाई ‘सर्प मर्ने, लठ्ठी पनि नभाँचिने’ सिद्धान्त सम्झाउन सहज हुने छ । प्रधानमन्त्रीलाई पनि खानेपानी मन्त्री तथा अध्यक्ष दाहालकी बुहारी बीना मगरलाई जसरी पनि हटाउनु छ । तर,मगरलाई मात्र हटाउन पनि अवस्था सहज छैन ।
पहिलो लटमा मन्त्री बनेका सबैलाई फिर्ता बोलाउने मापदण्डमा टेक्दा बादल,वीना र अर्थमन्त्री युवराज खतिवडा सबैजसो मन्त्रीमण्डलबाट एकैचोटी सफाया हुने सम्भावना छ । त्यसपछि वामदेवलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय लिने अफर छ । पुनर्गठनमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउँदा गिरिराजमणि पोखरेल पनि हट्नेछन् ।
साथै, श्रेष्ठलाई मन्त्री बनाएपछि सचिवालयमा प्रधानमन्त्री निकट सदस्यहरूको संख्या स्थायी रूपमा पाँच जना बन्ने बुझाई छ । तर,एमसीसी बाहेकका मुद्दामा बादलले पनि आगामी दिनमा प्रधानमन्त्रीलाई नै साथ दिने आँकलन गरिएको छ । वामदेव गौतमलाई बालुवाटारले प्रधानमन्त्रीपछिको वरियतामा रहनेगरी जुनसुकै मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेको सन्दर्भ गतसाता नै बाहिर आइसकेको छ । यद्यपि यो काम संबैधानिक हिसाबले सहज नहुने स्थिति आफ्नो ठाउँमा बिध्यमान छदैछ !
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’