काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संविधान संसोधन दोश्रो विधेयक आजै प्रमाणित गर्ने भएकी छिन् । अतिक्रमित लिम्पियाधुरासहितको नेपालको सम्पूर्ण भूभाग समेटिएको नेपालको नयाँ नक्सा आज राष्ट्रियसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ । यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते संविधानको धारा ९ को उपधारा २ अन्तर्गत अनुसूची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा राख्ने प्रस्ताव पारित भएको थियो ।
राष्ट्रियसभाबाट विधेयक पारित भएसँगै यसबारेको जानकारी प्रतिनिधिसभामा पठाइएको संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । प्रतिनिधिसभामा राष्ट्रियसभाबाट विधेयक पारित भएको जानकारी गराइने र सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गर्नेछन् । त्यसपछि आजै राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणित गर्नेछिन् ।
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक समावेश गरी सरकारले नयाँ नक्सा जारी गरेको थियो । सो नक्सा नेपालको निशान छापमा समावेश गर्नका लागि संविधान संशोधनको प्रक्रियालाई अघि बढाइएको थियो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष