पोखरा । गण्डकी प्रदेशका पाँच जिल्लामा आइतबार दिउँसो नयाँ १९ संक्रमित फेला परेका छन् । कास्कीमा २, स्याङ्जामा १०, नवलपुरमा १, बाग्लुङमा ५, र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५२३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षीय पुरुष र मादी गाउँपालिकाका १९ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा त्यस्तै गल्याङ नगरपालिकाकाको ३ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै नवलपुरको गैडाकोट नगरपालिकाका १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बाग्लुङको गल्कोट नगरपालिकामा ३ जना पुरुष, बडिगाड गाउँपालिकामा १ जना पुरुष र जैमिनी नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका छन् ।
त्यस्तै तनहुको व्यास नगरपालिकाका ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसंगै तनहुँमा संक्रमितको संख्या ७२ जना पुगेको छ ।
उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
आज(आइतबार) बिहान मात्रै गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिएका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर