बरदान अनलाइन स्टोरको सेवा-सुविधा अब चितवनबाट पनि

बरदान अनलाइन स्टोरको सेवा-सुविधा अब चितवनबाट पनि

bardan

पोखरा,

बरदान अनलाइन स्टोरले आफ्नो सेवा शुभारम्भ गरेको छोटो समयमै शाखा विस्तार गरेको छ । बरदानले सोमबारदेखि औपचारिकरुपमा चितवनबाट आफ्नो सेवा शुभारम्भ गरेको हो ।

चितवनको हाकिमचोकबाट बदरदानको सेवा शुभारम्भ गरिएको शाखा प्रमुख कुशल बरालले जानकारी दिए । उनका अनुसार शाखा शुभारम्भ भए पनि केही प्राविधिक काम बाँकी रहेकाले केही दिनपछि मात्रै सेवा सञ्चालन गरिनेछ ।

पोखरामा प्रधान कार्यालय रहेर गत वैशाखदेखि बरदानले सेवा शुभारम्भ गरेको थियो । यसले विशेषगरि दैनिक उपभोग्य सामान होमडेलिभरी गर्ने गर्दछ । विश्वमा फैलिएको कोरोना भाइरस महामारी र त्यसले सिर्जित गरेको लकडाउनलाई मध्यनजर गर्दै बरदानले अनलाइन स्टोरले सञ्चालन गरेको हो ।

ग्राहकले वरदानको वेभसाइट www.bardanstore.com मार्फत सामान अर्डर गर्न सक्नेछन् । यस्तै पोखराका ग्राहकले मोबाइल नम्बर ९८०२०९६२७७ मा र चितवनका ग्राहकले ९८५५०५०३४३ र ९८४५५१७३९८ मा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

कम्तिमा एक हजार रुपैँया माथिको सामान अर्डर गरेमा फ्रि होम डेलिभरी गरिदिने स्टोर्सका सञ्चालक सन्जिव पौडेलले जानकारी दिए । उनका अनुसार एक हजार भन्दा कम शुल्क बराबरको सामान अर्डर गरेमा ग्राहकले एक सय रुपैँया डेलिभरी शुल्क स्वरुप बुझाउनु पर्नेछ ।

सञ्चालक पौडेलले अहिले शुरुआती चरण भएकाले दैनिक उपभोग्य ग्रोसरी र केही इलोक्ट्रोनिक्स सामान होम डेलिभरि गर्न लागिएको र आगामी दिनमा अरु सामानको पनि डेलिभरि गरिदिने बताए ।

होम डेलिभरि गर्दा सुरक्षित तरिकाले गरिने पनि पौडेलले बताए । उनका अनुसार सामान घरसम्म पु¥याउने बेला प्रोटेक्टिभ सामाग्री प्रयोग गरिने छ । यस्तै सामानलाई छोप्ने प्लास्टिकलाई समेत स्यानिटाइज गरिने छ ।

समान अर्डर गरिसकेपछि उपभोक्ताले इसेवा, खल्ती, फोनपे तथा मोबाइल बैंकिङ सेवा मार्फत पनि भुक्तानी गर्न सक्नेछन् सक्नेछन् । वरदान अनलाइन स्टोर्सले वोस कार्डको समेत सुविधा दिएको छ ।

जसमार्फत कार्ड होल्डरले पोखराका केही निश्चित होटल रेष्टुरेन्ट तथा अन्य ठाउँमा आंशिक छुट प्राप्त गर्दछन् । बरदानले पछिल्लो समयमा समान खरिद गरेर फोनपे र इसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई पाँच प्रतिशत क्यास ब्याक समेत दिने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ