गोरखामा कोरोनाका कारण ज्यान गुमाएका पुरुषको १२ घण्टापछि शव व्यवस्थापन

गोरखामा कोरोनाका कारण ज्यान गुमाएका पुरुषको १२ घण्टापछि शव व्यवस्थापन

File Photo

गोरखा । गोरखामा कोरोनाका कारण शनिवार ज्यान गुमाएका पालुङटार–७ का ४४ वर्षीय पुरुषको १२ घण्टा पछि शव व्यवस्थापनमा गरिएको छ ।

स्थानीयको अवरोध हटाएर १२ घन्टापछि कोरोना संक्रमितको शव ब्यवस्थापन नेपाली सेनाको विशेष टोलीले गरेको हो ।

शनिबार बिहान ५ बजे निधन भएका व्यक्तिको शव साँझ ६ बजे सहिद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ को सीमा क्षेत्रअन्तर्गतको लुदी दोभानमा व्यवस्थापन गरिएको हो ।

लुदी दोभानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेर स्थानीयलाई हटाएर शव व्यवस्थापन गरेको थियो ।

प्रहरीले व्यवस्थापनमा अवरोध गर्ने स्थानीयलाई तितरवितर पार्न लाठीचार्ज र ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेपछि अवुवा क्षेत्र शनिबार दिनभर तनावग्रस बनेको थियो ।

नेपाली सेनाको रणसिंह दल गणका सेनाको टोलीले विशेष स्वास्थ्य सुरक्षा र सतर्कता अपनाएर शवको व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

जिल्ला सुरक्षा समितिको बैठकले गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमामा पर्ने लुदी खोला दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरे लगतै बिहानैदेखि स्थानीयहरु भेला भएर विरोध गरेका थिए ।

बस्ती नजिक परेको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए।

कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो । उनी मधुमेह पीडित थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ