गोरखा । गोरखामा कोरोनाका कारण शनिवार ज्यान गुमाएका पालुङटार–७ का ४४ वर्षीय पुरुषको १२ घण्टा पछि शव व्यवस्थापनमा गरिएको छ ।
स्थानीयको अवरोध हटाएर १२ घन्टापछि कोरोना संक्रमितको शव ब्यवस्थापन नेपाली सेनाको विशेष टोलीले गरेको हो ।
शनिबार बिहान ५ बजे निधन भएका व्यक्तिको शव साँझ ६ बजे सहिद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ को सीमा क्षेत्रअन्तर्गतको लुदी दोभानमा व्यवस्थापन गरिएको हो ।
लुदी दोभानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेर स्थानीयलाई हटाएर शव व्यवस्थापन गरेको थियो ।
प्रहरीले व्यवस्थापनमा अवरोध गर्ने स्थानीयलाई तितरवितर पार्न लाठीचार्ज र ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेपछि अवुवा क्षेत्र शनिबार दिनभर तनावग्रस बनेको थियो ।
नेपाली सेनाको रणसिंह दल गणका सेनाको टोलीले विशेष स्वास्थ्य सुरक्षा र सतर्कता अपनाएर शवको व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
जिल्ला सुरक्षा समितिको बैठकले गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमामा पर्ने लुदी खोला दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरे लगतै बिहानैदेखि स्थानीयहरु भेला भएर विरोध गरेका थिए ।
बस्ती नजिक परेको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए।
कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो । उनी मधुमेह पीडित थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ