काठमाडौं । गायिका ज्योती मगरले आफू विगत ५, ७ वर्षयता राम्रोसँग सुत्न नसकेको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफ्नो समस्या राखेकी हुन् ।
बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि नेपाली कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत आफ्ना समस्याहरु राख्न थालेका छन् । सोही क्रममा ज्योतीले सुत्न नसकेको समस्या राखेकी हुन् ।
‘बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि आफूलाई सामाजिक सञ्जालमा केही समस्या भए शेयर गर्न विभिन्न व्यक्तिले आग्रह गरेका छन्’ ज्योती भन्छिन् ‘कति धेरै समस्या छन् । जो समाधान भइरहेको छैनन् । तर म भन्न सकिरहेको छैन ।’
समस्या राख्दा अभिनेत्री शिल्पा पोखरेलको कानको जाली फुटेको कान्ड जस्तै फेसबुकको रैला मात्र हुने डर भएको बताएकी ज्योतीले बाहिर ल्याउँदा ठुलो समस्या आयो भने के गर्ने भन्ने प्रश्न समेत उठाएकी छन् ।
उनले अगाडि लेखेकी छन्– ‘सायद मेरो निद्रासँग अझै धेरै सम्झौता गर्नुपर्छ होला । प्यार प्यारा दिदी बहिनीहरु तपाइहरु पनि म जस्तै निद्रासँग सम्झौता गर्नुभएको छ भने आउनुहोस् । मेरो इनबक्समा दुःख सुखका कुरा गरौं । भन्न नसकेको कुराहरु एक अर्काेसँग साटेर बेस्सरी आँशु झारौं । ’
सम्बन्धित खबर
प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’