तनहुँ । मृगौला पीडित राजु श्रेष्ठको उपचारका लागि तनहुँ सौन्दर्य व्यवसायी संघले आर्थिक सहयोग गरेको छ । श्रेष्ठको उपचारका लागि विभिन्न संघ संस्था र व्यक्तिहरुले आर्थिक सहयोग गरिरहेका छन् ।
सहयोग कै क्रममा विहिबार तनहुँ सौन्दर्य व्यवसायी संघ दमौलीले श्रेष्ठलाई १६ हजार ६ सय ५ रुपैयाँ सनराइज बैक मार्फत सहयोग गरेको छ । संघले बैंक मार्फत रकम पठाएको संघकी संस्थापक अध्यक्ष शकुन्तला आलेले जानकारी दिईन ।
सामाजिक सेवामा निरन्तर अग्रसर हुँदै आएको यस संस्थाले समाजसेवा नै मानव धर्म हो भन्ने मुल मन्त्रलाइ आत्मसाथ गर्दै आएकोले आगामी दिनहरुमा पनि सामजिक कार्यमा निरन्तरता दिने संस्थाकी अध्यक्ष धनमाया पौडेलले बताईन ।
संस्थाकी कोषाध्यक्ष गुलाफी मल्लले सबैले आफुले सक्दो सहयोग गरि मानव धर्मलाइ जिवन्त राख्न सबैमा अपिल गरिन ।
संस्थाकी गङ्गा श्रेष्ठ, अप्सरा राना, सरस्वती श्रेष्ठ लगायत संघका सम्पूर्ण पदाधिकारीहरुले मृगौला पिडित राजु श्रेष्ठलाई शिघ्र स्वास्थ लाभको कामना गरेका छन ।
त्यस्तै श्रेष्ठको उपचारका लागि तनहुँ माइत भएका पोखराका चेलीहरुले ४७ हजार सहयोग गरेका छन् ।
त्यसैगरी तनहुँ माइत भई चितवन घर भएका चेलीहरुले ४० हजार, यूकेमा रहेकी सरला थापाले ५० हजार र प्रियंका गुरुङले १६ हजार सहयोग गरेकाछन् ।
केही समय अगाडि तनहुँको दमौलीमा भिडियोग्राफरको रुपमा रहि आफ्नो व्यवसाय संचालन गर्दै आएका राजु श्रेष्ठको मृगौलामा समस्या देखिएपछि उपचारका लागी रकम जुटाउने क्रम जारी रहेको छ ।
उपचारका लागि आर्थिक अभाव भएपछी श्रेष्ठले सामाजिक संजाल फेसबुकमार्फत सबैसंग सहयोगको लागि अपिल गरेका थिए ।
हाल नेपालको तनहुँ, चितवन लगायत विभिन्न स्थान संगै विभिन्न देशमा रहेका नेपालीले श्रेष्ठ आर्थिक सहयोग गरिरहेका छन ।
व्यक्ति, संघ संस्था र घरदैलो अभियान गरि सहयोग रकम उठ्ने क्रममै रहेको पीडित श्रेष्ठले बताए । साथै सबैलाई सक्दो सहयोग गरी आफ्नो जीवन बचाइदिन समेत श्रेष्ठले अनुरोध गरेका छन ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’