हर्पन खोला ड्याममा पौडी खेल्दा डुबेका पोखराका प्रयुश आज पनि भेटिएनन्

हर्पन खोला ड्याममा पौडी खेल्दा डुबेका पोखराका प्रयुश आज पनि भेटिएनन्

Harpan Khola dam

File Photo, Pic. Chumru05

पोखरा महानगरपालिका वडा नम्बर २३ घाँटीछिना नयाँ बस्ती नजिकै हर्पन खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेका युवक आज पनि भेटिएनन् ।

बाढी पहिरोले देशमै वितण्डा मच्चाइरहँदा शुक्रबार दिउँसो ४ बजेतिर बढेको खोलामा नुहाउन पसेका पोखरा २७ घर भएका २१ वर्षीय प्रयुश गुरुङ आज पनि नभेटिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले गण्डक न्यूजलाई जानकारी दिए ।

गुरुङ २–३ जनाको साथीको समूह लिएर ड्याममा पुगेका थिए । त्यहाँ उनी साथी सहित पौडिएका थिए । त्यसै क्रममा डुबेका हुन् । तत्काल प्रहरी पुगेर खोजी कार्य सुरु गरेको थियो । अबेरसम्म नभेटिएपछि आज पनि उनको खोजी कार्य गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोरको टोलीले दिनभर खोजी गर्दा पनि उनी नभेटिएको प्रवक्ता हमालले जनाए ।

शुक्रबार अविरल वर्षाका कारण हर्पन खोलामा बाढी नै आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ