कास्कीको मादी घामनुङमा काकालाई खुकुरी प्रहार गरी मार्ने पूर्व शिक्षक सापकोटा पक्राउ

कास्कीको मादी घामनुङमा काकालाई खुकुरी प्रहार गरी मार्ने पूर्व शिक्षक सापकोटा पक्राउ

navaraj sapkota

कास्कीको मादी गाउँपालिका वडा नं. ४, घामनुङमा आफ्नै काकालाई खुकुरी प्रहार गरी हत्या गर्ने भतिज प्रहरी फन्दामा परेका छन् । ८० वर्षीय बृद्ध पिताम्बर सापकोटाको हत्या गर्ने उनकै भतिज ५५ वर्षका नवराज सापकोटालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

अर्का काका ७७ वर्षीय केशवराज सापकोटाको उपचार भइरहेको छ । घरयासी विवादमा हत्या गर्नेसम्मको जघन्य अपराध गरेका अभियुक्त नवराज मास्टर डिग्री होल्डर भूतपूर्व शिक्षक समेत हुन् ।

कास्की प्रहरीका अनुसार शनिबार बेलुकी साढे ६ बजेतिरको समयमा उनले दुई काकाहरुलाई खुकुरीले छप्काएका थिए । दुवै जना घाइतेको उद्धार गरी उपचारार्थ अस्पताल लगिएको थियो ।

पोखरा १३ कसेरीबाट आज बिहान साढे ५ बजे नवराजलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरिएको कास्की प्रहरीले भर्चुअल पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds