भलिबल खेल्ने क्रममा भित्तामा टाउको ठोक्किएर युवकको मृत्यु

भलिबल खेल्ने क्रममा भित्तामा टाउको ठोक्किएर युवकको मृत्यु

Sudden depature

भलिबल खेल्ने क्रममा भित्तामा टाउको ठोक्किएर लमजुङमा एक युवकको मृत्यु भएको छ ।

मर्स्याङ्दी गाउँपालिका वडा नं -४ च्याम्चेस्थित जगत बस्ने अन्दाजी बर्ष २२ का दिपेश गुरुङ भलिबल खेल्ने क्रममा भित्तामा ठोक्किएर घाइते भएकोमा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको सूचना लगत्तै उक्त स्थानमा खटिएको प्रहरीको टोलीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds