पर्वतको कटुवाचौपारीमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमान घाइते

पर्वतको कटुवाचौपारीमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमान घाइते

bancharo-prahar

सांकेतिक तस्बिर

पर्वत – मादकपदार्थ सेवन गरी भएको घर झगडामा श्रीमतीको बन्चरो प्रहारबाट पर्वतमा एक ब्याक्ति घाइते भएका छन्।

पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नं -९ कटुवाचौपारीस्थित मलामी डाँडामा श्रीमती बिजुला सुनारको बन्चरो प्रहारबाट श्रीमान बिष्णु सुनार घाइते भएका हुन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत लगिएकोमा थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार श्रीमान विष्णु मदिरापान गरेर घरमा आई श्रीमतीसंग विवाद गर्न लागेका थिए । विवादले उग्र रुप लिंदै गएपछी बन्चरो लिएर श्रीमती माथी जाइलागेका उनलाई नाती सचिन आएर रोकेका थिए । नातीले हजुरबुवा बिष्णुलाई रोकिरहेका बेला श्रीमती बिजुलाले उल्टो श्रीमानमाथी टाउकोमा बन्चरो प्रहार गरेकी थिइन् ।

घटनामा तीनैजना घाइते भएका छन् । घटनाको जानकारी लगत्तै खटिएको प्रहरिको टोलीले तीनजनाको उद्दार गरी एम्बुलेन्स मार्फत जिल्ला अस्पताल लागेको थियो । सामान्य घाइते भएका श्रीमती र नाती आजै बिहान डिस्चार्ज भइसकेका छन् । टाउकोमा चोट लागेका कारण अस्पतालले सिटी स्क्यान गर्नुपर्ने बताएपछी श्रीमान बिष्णुलाई पोखरा रिफर गर्न लागिएको  प्रवक्ता अधिकारीले गण्डक न्यूजलाई जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds