पर्वत – मादकपदार्थ सेवन गरी भएको घर झगडामा श्रीमतीको बन्चरो प्रहारबाट पर्वतमा एक ब्याक्ति घाइते भएका छन्।
पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नं -९ कटुवाचौपारीस्थित मलामी डाँडामा श्रीमती बिजुला सुनारको बन्चरो प्रहारबाट श्रीमान बिष्णु सुनार घाइते भएका हुन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत लगिएकोमा थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार श्रीमान विष्णु मदिरापान गरेर घरमा आई श्रीमतीसंग विवाद गर्न लागेका थिए । विवादले उग्र रुप लिंदै गएपछी बन्चरो लिएर श्रीमती माथी जाइलागेका उनलाई नाती सचिन आएर रोकेका थिए । नातीले हजुरबुवा बिष्णुलाई रोकिरहेका बेला श्रीमती बिजुलाले उल्टो श्रीमानमाथी टाउकोमा बन्चरो प्रहार गरेकी थिइन् ।
घटनामा तीनैजना घाइते भएका छन् । घटनाको जानकारी लगत्तै खटिएको प्रहरिको टोलीले तीनजनाको उद्दार गरी एम्बुलेन्स मार्फत जिल्ला अस्पताल लागेको थियो । सामान्य घाइते भएका श्रीमती र नाती आजै बिहान डिस्चार्ज भइसकेका छन् । टाउकोमा चोट लागेका कारण अस्पतालले सिटी स्क्यान गर्नुपर्ने बताएपछी श्रीमान बिष्णुलाई पोखरा रिफर गर्न लागिएको प्रवक्ता अधिकारीले गण्डक न्यूजलाई जानकारी दिए ।
सम्बन्धित खबर
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन