सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्ने गरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
आन्तरिक उडानका लागि सम्पूर्ण प्रोटोकल पर्यटन मन्त्रालयले मिलाउने गरी यो निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले जानकारी दिए । कोभिड–१९ को संक्रमण पछि बन्द रहेको व्यवसायिक उडान शुरु गर्न पर्यटन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० मा प्रस्ताव पेश गरको थियो ।
मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तरराष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा मनित्रपरिषद् बैठकले भाद्र १ बाटै दुवै क्षेत्रको उडान शुरु गर्ने निर्णय गरेको हो ।
त्यस्तै मनित्रपरिषद् बैठकले अहिलेको लकडाउनलाई अझै खुकुलो बनाउने निर्णय पनि गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय साउन ७ गते सकिदैछ ।
गतवर्ष चैत्र ११ गतेबाट शुरु भएको लकडाउनलाई सरकारले समय समयमा परिमार्जन गर्दै ल्याएको छ । यस अघि जिल्ला भित्र मात्र चल्ने गरी यातायात खोल्ने निर्णय भएकोमा यो पटक अन्य क्षेत्रपनि विस्तारै खोल्दै जाने गरी सरकारले निर्णय गरेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष