पोखराको फेवासिटी अस्पतालमा विगत चार महिनादेखि उपचाररत ममताको रकम अभाव भएपछि अप्रेसन हुन सकेको छैन । फेवासिटी अस्पतालको सघन कक्षमा उपचाररत उनको उपचारमा १० लाखभन्दा बढी खर्च भइसकेको छ ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार खर्च जुटाउन नसकेर आर्थिक सहयोग गर्न आग्रह गर्दै समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि ममता गुरुङको उपचारमा सहज गराउन स्वदेश तथा विदेशमा रहेका आफन्तले सहयोग गर्न थालेका छन् । जसअनुसार आज बिहीबारसम्म १ लाख ६४ हजार १ सय २० रुपैयाँ संकलन भइसकेको छ भने उक्त रकम ममताकी दिदी ओममाया गुरुङलाई हस्तान्तरण गरिसकेको छ ।

ममताको परिवारको मुख्य आम्दानीको स्रोत कृषिमात्रै हो । ‘थोरै खेतबारी भएको उनको परिवारको कृषिबाट वर्षभरिको उत्पादनले खान लाउन पनि धौधौ हुन्छ,’ ममताका मामा खेमबहादुर गुरुङले भने, ‘त्यसमाथि गरीखाने समयमा छोरी यसरी थला परेपछि हातमुख जोड्न जोहो गर्न मेलापात जाने कि उपचार खर्च जुटाउनु भन्नेमा भएको छ ।’
भाञ्जीको उपचारको लागि कतैबाट सहयोग जुटाइदिन पनि उनले आग्रह गरे । त्यसैगरी ममताको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले पनि देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ ।
सम्पर्क नम्बर .
खेमबहादुर गुरुङ(मामा )
९८५६०११७५२
९८४६०४१७५२
ओममाया गुरुङ
मुक्तिनाथ विकास बैंकको खाता नम्बर
००४२१६००४४३९५१०००००१
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’