पोखराको फेवासिटी अस्पतालमा विगत चार महिनादेखि उपचाररत ममताको रकम अभाव भएपछि अप्रेसन हुन सकेको छैन । फेवासिटी अस्पतालको सघन कक्षमा उपचाररत उनको उपचारमा १० लाखभन्दा बढी खर्च भइसकेको छ ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार खर्च जुटाउन नसकेर आर्थिक सहयोग गर्न आग्रह गर्दै समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि ममता गुरुङको उपचारमा सहज गराउन स्वदेश तथा विदेशमा रहेका आफन्तले सहयोग गर्न थालेका छन् । जसअनुसार आज बिहीबारसम्म १ लाख ६४ हजार १ सय २० रुपैयाँ संकलन भइसकेको छ भने उक्त रकम ममताकी दिदी ओममाया गुरुङलाई हस्तान्तरण गरिसकेको छ ।

ममताको परिवारको मुख्य आम्दानीको स्रोत कृषिमात्रै हो । ‘थोरै खेतबारी भएको उनको परिवारको कृषिबाट वर्षभरिको उत्पादनले खान लाउन पनि धौधौ हुन्छ,’ ममताका मामा खेमबहादुर गुरुङले भने, ‘त्यसमाथि गरीखाने समयमा छोरी यसरी थला परेपछि हातमुख जोड्न जोहो गर्न मेलापात जाने कि उपचार खर्च जुटाउनु भन्नेमा भएको छ ।’
भाञ्जीको उपचारको लागि कतैबाट सहयोग जुटाइदिन पनि उनले आग्रह गरे । त्यसैगरी ममताको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले पनि देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ ।
सम्पर्क नम्बर .
खेमबहादुर गुरुङ(मामा )
९८५६०११७५२
९८४६०४१७५२
ओममाया गुरुङ
मुक्तिनाथ विकास बैंकको खाता नम्बर
००४२१६००४४३९५१०००००१
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु