नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ । हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ नोट बजारमा आएको हो ।
हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।
पाँच सय रूपैयाँको नोटमा बाघको फोटो थियो । तर, त्यो बाघ पनि नेपालमा पाइने बाघ थिएन । त्यसको पुच्छर साइबेरियन हिमालमा पाइने बाघको जस्तो थियो । शरीरको अगाडि झुप्प परेको भुत्ला पनि नेपालको बाघमा नदेखिने खालको थियो ।
५० रुपैयाँमा भएको याकको फोटो झुम्लुङ्ग परेकोले त्यसले पनि नेपालीपन नदेखाउने र त्यो अमेरिकन बाइसनको स्वरुपमा रहेकोले त्यसलाई पनि सोही समितिले परिवर्तन गर्नको लागि नयाँ फोटो उपलब्ध गराएको थियो । त्यस्तै, २० रुपैयाँको नोटमा झारलको फोटो त्यो, त्यो नेपालमा पाइएको झारलको फोटो थिएन ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने