बर्षासंगै आएको पहिरोले बागलुङको मालिकामा सात घरगोठ भत्कियो

बर्षासंगै आएको पहिरोले बागलुङको मालिकामा सात घरगोठ भत्कियो

pahiro

symbolic photo

बागलुङ-  बागलुङमा वर्षासँगै आएको बाढी र पहिराका कारण सात घरगोठ भत्किएका छन् ।

बागलुङ नगरपालिकावडा नं – ५ मालिकाका हेमराज रेग्मी, भरत रेग्मी र टकमाया किसानको घर पहिराले भत्काएको हो । पहिराकै कारण सोही ठाउँका भरत रेग्मी, हर्कबहादुर क्षेत्री, भीमप्रसाद शर्मा र देवीप्रसाद शर्माको पनि गोठ भत्किएको वडा अध्यक्ष शिव सापकोटाले जानकारी दिए ।

“सामान्य क्षति भएका र बसोबास गर्न नमिल्ने भएका धेरै घरगोठ छन्”, सापकोटाले भने, “केही दिन पहिला तीन परिवारलाई अन्यत्रै सारिएको थियो ।” पहिराले विद्युत् प्रसारण लाइनका पोल बगाउँदा मालिकामा विद्युत् सेवा पनि अवरुद्ध छ । खानेपानीको मुहान तथा वितरण लाइनका पाइप बगाएपछि स्थानीय बासिन्दाले अहिले सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ