पोखरा – पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा परिसरमा वृक्षारोपण गरिएको छ ।
वातावरण संरक्षण गर्ने हेतुले महेन्द्र गुफा पुर्वाधार निर्माण समितिले आयोजना गरेको कार्यक्रममा पारिजात, कल्की, कपुर, गोदावरी, धुपी लगायतका विभिन्न प्रजातीका एक सय ५० वटा विरुवा रोपिएको समितिका सचिव प्रेम तिमिल्सीनाले जानकारी दिनुभयो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ग्रामिण क्षेत्रमा पनि लुकेर रहेका पर्यटकीय आर्कषणलाई विश्व वजारमा पुयाउनु पर्नेमा जोड दिनुभयो ।उहाँले विश्व वजारसँग प्रतिस्पर्धा गर्ने खालको पर्यटन विकासमा सरकार केन्द्रित रहेको वताउँदै व्यवस्थित विकासवाट मात्रै समृदि हासिल गर्न सकिने वताउनुभयो । कोरोनाका कारण प्रभावित भएका व्यवसायलाई माथि उकास्न सरकारले विशेष पहल गर्ने वताउदै मन्त्री लम्सालले भन्नुभयो “कोरोनाले थिलो परेको पर्यटन व्यवसाय अब छिट्टै उकासिन्छ ।”
प्रदेश सभाका सदस्य कृष्ण थापाले विकासका नाममा राजनिती गर्नु गलत हुने वताउँदै, सवैको प्रयासवाट मात्रै समृदि हासिल हुने वताउनु भयो । सासंद विन्दुकुमार थापाले कोरोनाका कारण सवै क्षेत्र संकटमा परेको वताउँदै आर्थिक राहत प्याकेज ल्याउन सरकारलाई सुझाव दिनुभयो । अर्का सांसद प्रभा कोईरालाले पोखरामा रहेका पर्यटकीय क्षेत्रलाई सर्किटका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिमा अध्यक्ष गुरुदत्त भटराईको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, विन्ध्यवासिनी मा.वि वाटुलेचौरका अध्यक्ष चन्द्रा थापा, समितिका सदस्य केशव वस्नेत, पत्रकार शिशिर पौडेल लगायतले पोखरा भित्रिने पर्यटक एकै ठाउँमा केन्द्रित हुदाँ आसपासका अन्य पर्यटकीय क्षेत्र ओझेलमा परेको भन्दै गुनासो गरे । महेन्द्र गुफाभित्र हालै प्रदेश सरकारको सहयोगमा ४८ लाखको लागतमा वाल उद्यान पार्क निर्माण भएको छ ।
कोरोना संक्रमणका कारण महेन्द्र गुफा र चमेरे गुफा चैतको पहिलो साता देखि वन्द रहेको छ । वन्दको ४ महिनामा मात्रै १ करोड ७४ लाख रुपैया आम्दानी कम भएको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले जनाएको छ । कोरोनाका कारण त्यस क्षेत्रको पर्यटन केन्द्रित व्यवसाय पनि ठप्प वनेको छ ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला