स्याङ्जाका एक युवकको कोरोना भाइरसका कारण साउदी अरबमा निधन भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका ८ का रोशन श्रेष्ठको आइतबार उपचारकै क्रममा निधन भएको उनका मित्र राजन पोखरेलले बताएका छन् । कोरोना संक्रमणपछि साउदीकै दमाम सेन्ट्रल अस्पतालमा एक महिनादेखि उपचाररत थिए ।
उच्च शिक्षापछि साउदी पुगेर व्यवसाय गरेका उनी एनए मिडियाका म्यानेजिङ डाइरेक्टर थिए । उनी सामाजिक संघसंस्थामा समेत क्रियाशील उनी मिलनसार प्रवृत्तिका थिए । परिवारसहित त्यहीं बसोबास गर्दै आएका उनी कोरोना महामारी अघि श्रीमतीलाई नेपाल छाडेर चैत १० गते नै फर्केका थिए ।
हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालीको संख्या २०६ पुगेको छ । नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमितमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त पनि भएका छन् ।
यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ । यसैबीच विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार भएको छ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु