लमजुङको दोर्दीमा करेन्ट लागेर भुजेलको मृत्यु

लमजुङको दोर्दीमा करेन्ट लागेर भुजेलको मृत्यु

current

लमजुङ –  लमजुङमा करेन्ट लागेर एक ब्याक्तिको मृत्यु भएको छ  ।

जिल्लाको दोर्दी गाउँपालिका वडा नं – २ अर्चलबोट बस्ने बर्ष २७ का भविष्य भुजेलको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार सुन्दरबजार नगरपालिका–९ स्थित भक्ति नमूना स्कुलको गेट अगाडि बिजुलीको पोलमा केबुलको तार बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो  । करेन्ट लागेर पोलबाट भुइँमा पछारिएका भुजेललाई तत्काल कर्मदा अस्पताल सुन्दरबजार लगिएको थियो । प्राथमिक उपचार पश्चात अस्पतालले जिल्ला सामुदायिक अस्पताल बेशीशहर रिफर गरेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको लमजुङका प्रहरी प्रवक्ता ओम प्रकाश पुनले गण्डक न्यूजलाई जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ