धनुषामा एक युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन्। सोमबार राति पिसाब फेर्न भन्दै घर बाहिर निस्केको बेला बेपत्ता भएकी भनिएकी ती युवतीलाई पछि स्थानीय २६ वर्षीय युवक कलाम राइनले घरमा छाड्न आएपछि घटना सार्वजनिक भयो
युवतीले आफूलाई छाड्न आएको युवकले नै राति जबरजस्ती लगेर आफूलाई बलात्कार गरेको बताएपछि स्थानीयले ती युवामाथि कुटपिट समेत गरेका हुन् । कुटपिट पश्चात घाइते युवालाई स्थानीयहरुले प्रहरीको जिम्मा लगाएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका प्रहरी निरीक्षक पप्पु नायकले बलात्कारको आरोपमा एकजना प्रहरीको नियन्त्रणमा रहेको पुष्टि गरेका छन् ।
प्रहरीको नियन्त्रणमा रहेको युवक र युवतीबीच सहमतिमै शारीरिक सम्बन्ध भएको तर युवतीको उमेर १८ वर्ष भन्दा कम रहेकाले यसलाई बलात्कार भनिएको प्रहरी निरीक्षक नायकको भनाई छ ।
स्थानीयका अनुसार सहमतिमै यौन सम्पर्क भएको, फर्कदाँ रातको समय भएकाले युवकले नै घरसम्म ल्याएको तर घरमा थाहा भएपछि बलात्कार गरेको भनेर युवती जोगिन खोजेको देखिन्छ । तर, नेपाली कानुन अनुसार १८ वर्ष भन्दा कम उमेरकी किशोरीसँग सहमतिमै यौन सम्पर्क भएपनि बलात्कार मान्दछ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने