जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकैघरका चार बालिकाको मृत्यु भएको छ ।
तीन बालिकाको मंगलबार र एकको सोमबार मृत्यु भएको हो । च्याउ खाएका अन्य चारजना बिरामी परेका छन् ।
साँझ च्याउको तरकारी खाएका उनीहरूलाई त्यही रातिदेखि बिसन्चो भएको थियो । घरका आठैजना बिरामी परेकाले गाउँकै मेडिकलबाट औषधि लिएर खाएका थिए । उनीहरू च्याउ खाएको तीन दिनपछि सिकिस्त भएका थिए । त्यसपछि मात्रै गाउँलेले उपचारका लागि प्रयास गरेका हुन् ।
टेकबहादुरकी छोरी तीन वर्षीया अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालिकाको मृत्यु भएपछि परिवारका अन्य सातजना सदस्यलाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर्ड गरेर सोमबार नै सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल लगेको थियो ।
उपचारका क्रममै मंगलबार तीन बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
च्याउ खाँदा बिरामी परेका टेकबहादुरसँगै उनका छोरा ३० वर्षीय ललित, बुहारी ३० वर्षीया कल्पना र छोरी १५ वर्षीया पशुपतिको प्रादेशिक अस्पताल सुर्खेतमै उपचार भइरहेको छ ।
उनीहरूमध्ये कल्पनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनको आइसीयूमा राखेर उपचार भइरहेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने