विद्युत सर्ट भइ आगलागी हुँदा घर जलेर नष्ट

विद्युत सर्ट भइ आगलागी हुँदा घर जलेर नष्ट

aagalagi-fire

सांकेतिक तस्विर

लमजुङ – विद्युत सर्ट भइ आगालागी हुँदा लमजुङमा एउटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

जिल्लाको राइनास नगरपालिका वडा नं -९ मौरिया स्थित ७० बर्षीया पार्वती कामीको घर आज बिहान अन्दाजी ८ :३० बजेको समयमा विद्युत सर्ट भएर आगलागी हुँदा जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आगलागी बाट मानविय क्षती नभएपनि घरमा भएका नगद, सुनको सिक्री, चांदी, १ थान टिभी, ग्यास सिलिन्डर, फ्रिज र अन्य कागजात जलेर नष्ट भएको छ ।

घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ