पर्वत – पर्वत र बागलुङ जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालन भएको छ।
कुस्मा नगरपालिका १ पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीका अनुसार निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि शुक्रवारदेखि आम नागरिकलाई पर्वत बागलुङ आउजाउ गर्ने गरी सञ्चालनमा आएको हो।
पाङकोअदुवाबारीदेखि बागलुङको बागलुङ नगरपालिका १ रामरेखा जोड्ने झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हाल सम्म सञ्चालनमा आएको थिएन।
लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गरेको हो।
अब दुवै जिल्लाले शुक्रवारदेखि झोलुङ्गे पुलमा ओहोरदोहोर गर्न पाउने गरी सबैका लागि खुल्ला गरेका हुन्।
५ सय ७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण गरिएको हो। २०७६ फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्ग माथिबाट लट्ठा तान्दा समय लागेको थियो।
निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुने गरी चिनियाँ प्रविधिको औजारले लट्ठा तानेको थियो।
पुलले एक पटकमा ६ सय १२ जना (८५ मेट्रिक टन) धान्न सक्ने गरी क्षमता राखिएको छ। यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ।
पुल सञ्चालनमा आए पछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकहरूलाई समेत यसले आकर्षित गर्नेछ।
पुलबाट एक घण्टा बढी पैदल यात्राबाट पुग्न सकिने पाङ १० मिनेटमै पुग्न सकिनेछ।
सुरुमा १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लट्ठा र लट्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराएपछि ६ करोड ९१ लाखमा निर्माण सम्झौता भएको थियो।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह