गुट्खा तथा चिनी व्यापारीसँग घुस लिंदै गरेको अवस्थामा राजश्व प्रमुख पक्राउ

गुट्खा तथा चिनी व्यापारीसँग घुस लिंदै गरेको अवस्थामा राजश्व प्रमुख पक्राउ

ghus

रुपन्देही – राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत घुस लिंदै गरेको अवस्थामा पक्राउ परेका छन्

गुट्खा तथा चिनी व्यवसायी संग २ लाख रुपैयाँ लिंदै गरेको अवस्थामा कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो

अधिकृत रानाले गुड्खा तथा चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस लिने गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अधिकृत रानालाई नगद २ लाख घुस लिंदै गरेको अवस्थामा बुटवल उपमहानगरपालिका -१३ बुद्दचोकबाट पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

रानाले व्यापारीसँग महिना महिनामा पैसा लिने गरेको भन्ने सूचना पाएपछि अख्तियार टोलीले केही दिनदेखि उनलाई निगरानी गरिरहेको थियो ।

पक्राउ परेका रानामाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ