विश्वकै अग्लो र लामो स्काइ साइक्लीङ नेपालमै तयार

विश्वकै अग्लो र लामो स्काइ साइक्लीङ नेपालमै तयार

Sky cycling1

पोखरा । विश्वकै दोश्रो अग्लो बन्जी सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा बिश्वकै अग्लो र लामो स्काइ साइक्लीङ बनाएको छ।

स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ तयार गरिएको हो । बाग्लुङको बलेवा र पर्वतको कुश्मा बिच कालीगण्डकी खोचमा निर्माण गरिएको स्काइ साइक्लीङको उचाई दुई सय २८ मिटर छ भने लम्बाई तीन सय मिटर छ । दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले बताए।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लीङ तयार गरिएको र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए । साइक्लीङकालागि आवस्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए।

साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ। लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुँदाइन्छ ।

बिश्वकै दोश्रो अग्लो बन्जी, बिश्वकै अग्लो स्विङ, गुलेली शैलीको नेपालकै नमुना पिङ समेत निर्माण गरेको कम्पनीले सो क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds