पोखरा – पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएका व्याक्तिको शव पोखरा महानगरपालिका वडा -३२ स्थित मजुवा घाटमा व्यवस्थान गरिएको छ । पश्चिमान्चल अस्पतालको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा – १९ का ६२ बर्षीय कोरोना संक्रमित व्याक्तिको शनिवार राति मृत्यु भएपछि आइतबार उनको शव व्यवस्थापन गरिएको हो ।
यसअघि मृत्यु भएका दुई कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपनि यसपटक भने निर्वाध रुपमा संक्रमित व्याक्तिको शव व्यवस्थापन गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्युजलाई जानकारी दिए । “यस अगाडी दुई वटा शव व्यवस्थापन गर्ने क्रममा स्थानीयको वाधा अड्चन झेलियो, आज पूर्व तयारीका साथ सुरक्षा व्यवस्था कडा बनाई शव व्यवस्थापन गर्यौं, स्थानीयको कुनै अवरोध भएन प्रवक्ता हमालले भने ।”
संक्रमित व्याक्ति गत साउन १७ गते कोरोना पुष्टी भइ पश्चिमांचल अस्पतालको आइसीयुमा भर्ना भएका थिए । मधुमेहका विरामी समेत रहेका उनको गएराती ११:३५ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका सह निर्देशक अर्जुन आचार्यले जानकारी दिएका थिए ।
मृतक कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो पोखरेली हुन । यसअघि, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुई जनाको ज्यान गएको थियो ।
फाइल फोटो
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस