पोखरा – पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएका व्याक्तिको शव पोखरा महानगरपालिका वडा -३२ स्थित मजुवा घाटमा व्यवस्थान गरिएको छ । पश्चिमान्चल अस्पतालको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा – १९ का ६२ बर्षीय कोरोना संक्रमित व्याक्तिको शनिवार राति मृत्यु भएपछि आइतबार उनको शव व्यवस्थापन गरिएको हो ।
यसअघि मृत्यु भएका दुई कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपनि यसपटक भने निर्वाध रुपमा संक्रमित व्याक्तिको शव व्यवस्थापन गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्युजलाई जानकारी दिए । “यस अगाडी दुई वटा शव व्यवस्थापन गर्ने क्रममा स्थानीयको वाधा अड्चन झेलियो, आज पूर्व तयारीका साथ सुरक्षा व्यवस्था कडा बनाई शव व्यवस्थापन गर्यौं, स्थानीयको कुनै अवरोध भएन प्रवक्ता हमालले भने ।”
संक्रमित व्याक्ति गत साउन १७ गते कोरोना पुष्टी भइ पश्चिमांचल अस्पतालको आइसीयुमा भर्ना भएका थिए । मधुमेहका विरामी समेत रहेका उनको गएराती ११:३५ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका सह निर्देशक अर्जुन आचार्यले जानकारी दिएका थिए ।
मृतक कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो पोखरेली हुन । यसअघि, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुई जनाको ज्यान गएको थियो ।
फाइल फोटो
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’