पोखरा महानगरपालिका वडा नं. ५ मा पनि कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा ५ मा ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, पोखरा २६ मा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । ४० वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६२० पुगेको छ । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ५६३ नमुना परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ८ जना संक्रमित थप भएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ ।
गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कुल ६०९ नमुना परिक्षण भएको छ । जसमा क्षयरोग उपचार केन्द्र, पोखरामा नवलपुर ९, तनहुँ ५९, लमजुङ ३०, स्याङजा १५६, पर्बत ४२, बाग्लुङ २५, म्याग्दी १०६ र कास्की १३६ नमुना परिक्षण भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कास्कीका ४६ नमुना परिक्षण भएकोमा सबैको परिणाम नेगेटिभ आएको छ ।
यसैगरी, गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १४७० पुगेको छ, जसमा गत २४ घन्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन् ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’