पोखरामा मंगलबार चार जना सहित गण्डकीमा आठ जनामा कोरोना संक्रमण पुष्टि भयो । पोखराका ४ संक्रमित मध्ये २ जना बैंकिङ क्षेत्रमा कार्यरत रहेको खुलासा भएको छ । पोखरामा यसअघि डाक्टर, नर्स, प्रहरी सहित आम सर्वसाधारणमा देखा परिसकेको कोरोना मंगलबार पोखराको एक बैंक र एक सहकारीमा कार्यरत कर्मचारीमा देखिएको हो ।
सिद्धार्थ बैंकको पोखरा ६, लेकसाइड स्थित शाखाका एक ३० वर्षीय पुरुष र पोखरा ५ मालेपाटन स्थित कञ्चन सहकारीका ३८ वर्षीया महिला कर्मचारीमा कोरोना पुष्टि भएको श्रोतले जनाएको छ । उनै महिलाका ११ वर्षीय छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि दुवै कार्यालय सिल गरिएको छ । अहिले उनीहरुको कन्ट्याक्ट ट्रेसिङको कार्यलाई तिव्रता दिइएको जनाइएको छ । बैंकका कर्मचारी स्वाब दिइसकेपछि पनि बैंक गइरहेका कारण सम्पर्कमा को को रहे ? अफ्ठेरो अवस्था सिर्जना भएको छ । सहकारीकी महिला ज्वरो आएका कारण पोखराको फेवासिटी हस्पिटलमा पुगेकी थिईन् । त्यहींबाट उनको स्वाब संकलन भएको थियो । पोखराको मनिपाल, गण्डकी मडिकल कलेज, फिस्टेल हस्पिटल गैह्रापाटनसँगै फेवासिटी हस्पिटलमा पनि कोरोना संक्रमित पुगिसकेका छन् । यहाँ विशेष सावधानी अपनाउनुपर्ने भएको छ ।
पोखरा १७ मा देखिएका ४५ वर्षिया महिलामा समेत कोरोना पुष्टि भएको छ । ति महिलाको परिवारमा पुगेर उनको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गर्ने कार्य भइरहेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’