पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा हालसम्म ८३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ८ वस्ने वर्ष ६० का एक पुरुषको साउन २६ गते राती १० बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। गत साउन ८ गते निमोनिया भई अस्पतालको आइसियुमा भर्ना भई उपचार गराइरहेको उनी क्षयरोगीका बिरामी समेत थिए।
धनुषा जिल्ला मिथिला विहारी नगरपालिका वडा नं। ५ निवासी विनयतारा फाउण्डेशन ९क्यान्सर अस्पताल० जनकपुरमा काम गर्ने ५० वर्षका एक पुरुषको साउन २५ गते निधन भएको हो। उनको मृत्यु पश्चात साउन २५ गते स्वाब नमुना संकलन गरी परिक्षण गर्दा साउन २६ गते कोरोना पुष्टी भएको हो। झाडापखाला लागी मोटरसाइकलमा अस्पताल आउंदै गर्दा बाटोमा बेहोश भई लडेको र उनलाई अस्पताल पुऱ्याउंदा अस्पतालमा मृत घोषित गरिएको थियो।
काभ्रे जिल्ला पाँचखाल नगरपालिका- १ निवासी ५० वर्षीय एक महिलाको साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो। साउन २५ गते निमोनियाको लक्षण लिई अस्पताल भर्ना भएकी उनको सोही दिन स्वाब नमुना संकलन गरि परिक्षण गर्दा साउन २७ गते कोरोना पुष्टी भएको हो। उनी फोक्सो तथा पित्तथैली सम्बन्धि रोगवाट समेत ग्रसीत थिइन्।
यस्तै, सिन्धुपाल्चोक जिल्ला बाह्वबिसे नगरपालिका वडा नं। ४ निवासी वर्ष ८४ का एक पुरुषको साउन २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल, महाराजगंजमा निधन भएको हो। मुटु तथा मृगौला सम्बन्धि समस्या लिई साउन २१ गते अस्पताल भर्ना भएको उनको साउन २७ गते कोरोना पुष्टी भएको हो।
पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने