पोखरा – कास्की प्रहरीले अबैध रुपमा जुवातास खेल्ने र खेलाउने १७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले बुधबार पोखरा महानगरपालिका वडा नं -१० मिलनटोलबाट जुवा तास खेलिरहेका उनीहरुलाई नगद रु एक लाख दुई हजार चार सय नब्बे (१,०२,४९०) सहित पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार मिलन टोलस्थित ५० बर्षीया ज्ञानु हमालको डेरा कोठामा अबैध रुपमा जुवा तास खेल्ने खेलाउने सुचनाको आधारमा प्रहरीले गरेको अपरेशनमा उनीहरु रङ्गेहात पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा पोखरा -१४ मझेरीपाटन घर भई हाल वडा नं -१० मिलनटोल बस्ने ५० बर्षीया ज्ञानु हमाल, कास्की मादी गा.पा वडा नं ३ घर भई हाल पोखरा- १० मिलनटोल बस्ने बर्ष ५७ का भु बहादुर गुरुङ, लमजुङ जिल्ला पसगाँउ घर भई हाल कास्की पोखरा – १० मिलनटोल बस्ने ५० बर्षीया अस्मिता गुरुङ, कास्की मादी गा.पा ३ घर भई हाल पोखरा- १० जनप्रिय टोल बस्ने बर्ष ५२ को डम्बर बहादुर गुरुङ, पोखरा -१० मिलनटोल बस्ने बर्ष ५८ को बल बहादुर गुरुङ, सोही स्थानका बर्ष ४२ की ईन्द्रा गुरुङ, बर्ष ६२ को राधेश्याम भुजेल, लमजुङ जिल्ला क्होलासोथार गा.पा. ७ घर भई हाल पोखरा – १० मिलनटोल बस्ने बर्ष ५६ का मन बहादुर गुरुङ, मादी गा.पा ३ घर भई पोखरा – १० मिलनटोल बस्ने बर्ष ३४ की हिम कुमारी गुरुङ, खोटाङ जिल्ला घर भई हाल कास्की पोखरा – १० मिलनटोल बस्ने बर्ष ४६ की ईन्द्रा राई, मादी गा.पा २ ताङतिङ घर भई हाल पोखरा- १० मिलनटोल बस्ने बर्ष ७२ की केश कुमारी गुरुङ, खोटाङ जिल्ला हिले गा.पा ७ घर भई हाल कास्की पोखरा -१० मिलनटोल बस्ने बर्ष ४८ की राजलक्ष्मी राई छन् ।
यस्तै कास्की माछापुच्छ्रे गा.पा २ भुज्रुङखोला घर भई हाल पोखरा – १० मिलनटोल बस्ने बर्ष ५९ की सुक कुमारी गुरुङ, मादी गा.पा ९ मिजुरे घर भई हाल पोखरा -१० मिलनटोल बस्ने बर्ष ३५ की सीता नेपाली, स्याङ्जा जिल्ला बिरुवा गा. पा ५ घर भई हाल कास्की पोखरा – १० मिलनटोल बस्ने बर्ष ३९ को लिलमान थापा, पोखरा – १३ आर्बा बस्ने बर्ष ५१ को यम बहादुर गुरुङ र पोखरा- १२ ढिकालेथर बस्ने समानसिंह गुरुङको छोरा बर्ष ४० का बिनोद गुरुङ रहेका छन ।
पक्राउ परेका उनीहरुलाई सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशाशन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी राखिएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला