पोखरा – नक्कली फेसबुक आइडी बनाएर ठगी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुको फेक फेसबुक आइडी बनाई अनेक बहाना गरी आफन्त तथा नजिकका व्यक्तिलाई म्यासेन्जरमा म्यासेज पठाएर रकम असुल्ने कास्की पोखरा महानगरपालिका वडा नं. ३ का २१ बर्षीय रोशन हमाल ठकुरीलाई कास्की प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
प्रवक्ता हमालका अनुसार नीज रोशन हमालले बीरगंजको एक बैंकमा कार्यरत वरिष्ठ अधिकारीको नक्कली फेसबुक आइडी बनाएर बिश्वासमा पारी सोही बैंकमा कार्यरत एक कर्मचारीलाई आफुलाई पैसाको अत्यन्त आवश्यक परेको भन्दै नगद एक लाख सहयोग मागेका थिए । आफ्नै सिनियर अधिकारीले यसरी समस्या सहित सहयोग मागेपछि ती कर्मचारीले ई -सेवा मार्फत उक्त रकम तुरुन्त ट्रान्सफर गरेका थिए।
तर, पछि बुझ्दा आफु ठगिएको थाहा पाएपछि पीडित व्याक्तिले प्रहरीलाई दिएको उजूरीका आधारमा कास्की प्रहरीले गरेको अनुसन्धानमा ठगी गर्ने रोशन हमाललाई पोखराको नदिपुरबाट पक्राउ गरेको प्रवक्ता हमालले जानकारी दिए ।
प्रहरीका अनुसार रोशन यस अगाडि पनि विद्युतीय कारोबार ऐन,२०६३ विपरितको कसुरमा नौ महिना थुनामा रहेको साथै जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक अपराध मुद्दामा पाँच हजार धरौटीमा छुटेको खुल्न आएको छ ।
पक्राउ परेका रोशन विरुद्द आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
बिहे गर्ने भनी प्रेमीले बोलाए, ४ जनाले गरे बलात्कार
आफ्नी श्रीमतीलाई मोटरसाइकलमा चढाएको भन्दै साथीको हत्या
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
बागलुङमा भीरबाट फालेर ६ वर्षीय छोराको हत्या
कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी पक्राउ
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते