पोखरा – स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार एकै दिन पोखरा महानगरका २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा महानगरका २२ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
बिहान ६:२० बजेको अध्यावधिक विवरण अनुसार वडा नं – १६ मा २२ र ३० बर्षका दुई पुरुष र २२ र ५० बर्षका दुई महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, पोखरा वडा नं -५ मा पनि ३३ बर्षीया एक महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

बिहान ९:३० बजेको अर्को अध्यावधिक विवरण अनुसार स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं – ८ मा ५२ र ५१ बर्षका दुई पुरुष, वडा नं –३२ मा ८६ बर्षका १ महिला, वडा नं – २८ मा ३८ बर्षका १ पुरुष र वडा नं – २६ मा ५३ बर्षका १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

दिउसो ३:५० बजेको अध्यावधिक विवरण अनुसार संक्रमितहरु पोखरा महानगरपालिका वडा नं -१५ का ५० बर्षका दुई महिला र पुरुष, पोखरा वडा नं -५ का ३७, ३८, ६७ र ५२ बर्षका चार जना महिला र ४१, ६४ र ७५ बर्षका तीनजना पुरुष, पोखरा वडा नं -१४ का ३७ बर्षीय पुरुष, पोखरा -१६ का १८ बर्षीय युवक र पोखरा वडा नं -७ का ३० बर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा