आइतबार पोखरामा भेटिएका २२ कोरोना संक्रमित कुन-कुन वडाका ?

आइतबार पोखरामा भेटिएका २२ कोरोना संक्रमित कुन-कुन वडाका ?

pokhara

पोखरा – स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार एकै दिन पोखरा महानगरका २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा महानगरका २२ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

बिहान ६:२० बजेको अध्यावधिक विवरण अनुसार  वडा नं – १६ मा २२ र ३० बर्षका दुई पुरुष र २२ र ५० बर्षका दुई महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, पोखरा वडा नं -५ मा पनि ३३ बर्षीया एक महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

बिहान ९:३० बजेको अर्को अध्यावधिक विवरण अनुसार स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं – ८ मा ५२ र ५१ बर्षका दुई पुरुष, वडा नं –३२ मा ८६ बर्षका १ महिला, वडा नं – २८ मा ३८ बर्षका  १ पुरुष र  वडा नं –  २६ मा ५३ बर्षका १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

दिउसो ३:५० बजेको अध्यावधिक विवरण अनुसार संक्रमितहरु पोखरा महानगरपालिका वडा नं -१५ का ५० बर्षका दुई महिला र पुरुष, पोखरा वडा नं -५ का ३७, ३८, ६७ र ५२ बर्षका चार जना महिला र ४१, ६४ र ७५ बर्षका तीनजना पुरुष, पोखरा वडा नं -१४ का ३७ बर्षीय पुरुष, पोखरा -१६ का १८ बर्षीय युवक र पोखरा वडा नं  -७ का ३० बर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds