गोरखा ।सोमबारदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय गोरखाले एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । आइतबार बसेको जिल्ला स्तरीय बैठकले भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
तीर्थराज भट्टराई आनुसार कोरोना संक्रमित समुदाय स्तरमा भेटिन थालेपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए । जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा पूर्ण रोक लगाइने छ । अत्यावश्यक प्रयोजनमा प्रयोग भएका बाहेक अन्य निजी सवारी पनि चल्न नपाउने उनले जानकारी दिए ।
‘जिल्लाका विभिन्न ठाउँमा रहेको बैंङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने बाह्य सेवा बन्द हुन्छ,’ प्रजिअ भट्टराईले भने, ‘खाद्यान्न, औषधि र पेट्रोलियम पदार्थ बाहेकका अरु पसलहरु खोल्न पाउने छैनन् ।’
सरकारी कार्यालयले प्रवाह गर्ने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिसकिएको जानकारी गराउदै उनले भने, ‘स्थानीय तहलाई पनि अति आवश्यकबाहेकका अन्य सेवा बन्द गर्न भनेका छौं ।’
जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिने उनले बताए । सवारी पासबाहेकका अन्य सवारी साधनलाई राति ९ बजेदेखि बिहान ६ बजेसम्म जिल्ला प्रवेशमा पूर्ण रोक लगाइने उनले जानकारी दिए । सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न सदरमुकाम लगायत प्रभावित क्षेत्रमा नेपाली सेना, प्रहरी र सशस्त्रको संयुक्त टोलीको गस्ती खटाउने बैठकले निर्णय गरेको छ ।
सम्बन्धित खबर
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो