तनहुँ । तनहुँको व्यास नगरपालिका एक हप्ताका लागि बन्द गरिने भएको छ । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलन थालेपछि नगरपालिकाले आइतबार सो निर्णय गरेको हो ।
भदौ १ गते सोमबार मध्यान्नह १२ बजेदेखी लागु हुने गरी नगर क्षेत्र पुर्ण रुपमा बन्द रहने व्यास नगरपालिकाले जनाएको छ । भदौ १ गते देखि ७ गतेसम्म नगरक्षेत्र पुर्णरुपमा बन्द गर्न निर्णय भएको छ ।
जिल्लाको भानु नगरपालिका, बन्दिपुर गाँउपालिका, देवघाट गाउँपालिका र व्यास नगरपालिका वडा नं १ रतौलीमा गरी समुदायका ३२ जना कोरोनाका संक्रमित देखिएकाले थप संक्रमण फैलन सक्ने जोखिम न्युनिकरण गर्न र पीसीआर परिक्षणको दायरा बढाउन व्यास नगर क्षेत्र बन्द गर्ने निर्णय गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
व्यास नगरपालिकाको संयोजनमा राजनैतिक दल, उद्योगी, व्यापारी, बैक तथा वित्तीय संस्था, सञ्चार क्षेत्र, सुरक्षा निकाय तथा तनहुँ उद्योग वाणिज्य संघका प्रतिनिधिहरु लगायतको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले नगरपालिका क्षेत्रमा रहेका औषधीजन्य व्यापार तथा निजी स्वास्थ्य संस्थाहरु बाहेकका अन्य सम्पूर्ण व्यापार व्यवसाय, उद्योग कलकारखाना र सार्वजनिक यातायातका सवारी साधनहरु भदौ १ गतेदेखी ७ गतेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै नगरपालिका अन्तरगतका बैकहरुको एटिएम सेवा बाहेक अन्य सेवा भदौ २ गते मंगलबार देखि बन्द गरिने भएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ जिल्ला र स्थानीय बैकहरुबाट अनुरोध भई आएमा आपसी सहकार्य र सहभागितामा संक्रमण सम्भावित जोखिम रहेका क्षेत्रमा पिसिआर परीक्षणको दायरा बढाउन नगरपालिकाको स्वास्थ्य शाखाले आवश्यक समन्वय गरी व्यवस्थापन मिलाउने बैठकबाट निर्णय भएको छ ।
त्यस्तै गरी व्यास नगरपालिका अन्तरगतका सम्पूर्ण वडा कार्यालयहरु र नगरपालिका कार्यालयबाट प्रवाह हुँदै आइरहेका नियमित स्वास्थ्य, सरसफाई, सुरक्षा लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु ७ गतेसम्म पूर्ण रुपमा बन्द रहने नगरपालिकाले जानकारी दिएको छ ।
त्यसैगरी सार्वजनिक सवारीका साधानहरु समेत यस अवधिमा पुर्ण रुपमा बन्द रहने नगरपालिकाले जनाएको छ ।
के के गर्न पाइन्छ ?
यस अवधिमा सम्पूर्ण स्वास्थ्य संस्था खुला रहने छन् । स्वास्थ्या सेवा लिनका लागि सर्वसाधारण स्वास्थ्य संस्था जान सक्नेछन ।
त्यस्तै बैंकका एटिएम संचालन हुने भएकाले अत्यावश्यक अवस्थामा पैसा निकाल्न एटिएम जान सकिनेछ । तर बैंक भने भदौ २ गतेबाट बन्द रहने छन ।
व्यास नगरपालिका कार्यालयबाट प्रवाह हुँदै आइरहेका नियमित स्वास्थ्य, सरसफाई, सुरक्षा लगायत अत्यावश्यक सेवा भने संचालन हुनेछन ।
यस अवधिमा अत्यावश्यक काम परेमा मात्र स्वास्थ्य सुरक्षा अपनाई घर बाहिर निस्कनु हुन अन्यथा घर बाहिर ननिस्कन समेत नगरपालिकाले आग्रह गरेको छ ।
त्यस्तै छिमेकी पालिकाहरुमा समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै आबुँखैरेनी गाँउपालिका पनि एक साताका लागी बन्द गरिएको छ ।
पालिका भित्रका अत्याश्वयक बाहेकका सबै सेवा बन्द रहने गाँउपालिकाले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
गाँउपालिकाको निर्णयलाई कोही व्यक्ति तथा संस्थाले अटेरी गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही प्रक्रिया अघि बढाइने समेत विज्ञप्तीमा उल्लेख छ ।
यसअघि जिल्लाको भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिकाले आफ्नो पालिका सिल गरिसकेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?