पोखरा महानगरका एक पुरुषमा कोरोना पुष्टि

पोखरा महानगरका एक पुरुषमा कोरोना पुष्टि

Corona update 4

पोखरा – गण्डकीमा कोरोना संक्रमितको कुल संख्या  १७३९ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा  र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा, नवलपुर र स्याङ्जा गरि थप ४ नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं – १७ का ३० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै, स्याङ्जाको वालिङ- १४ का २७ बर्षका पुरुष र वालिङ – २ का ९ बर्षीया एक महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

उता नवलपुरको बैदिकालीका वडा – ४ निवासी ३५ बर्षीय पुरुषको पकोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुने व्यक्तिहरुको संख्या १५४९ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ