मंगलबार बिहानै पोखराका ४ सहित ८ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार बिहानै पोखराका ४ सहित ८ जनामा कोरोना संक्रमण पुष्टि

Corona update 3

पोखरा – मंगलबार बिहानै पोखराका थप चार जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको भर्खर प्राप्त विवरण अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा पोखराका चार सहित गण्डकीमा थप आठ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित मध्ये पोखरा महानगरका दुई जनाको वडा खुलेको छैन । उनीहरु ५० र २५ वर्षका महिला छन्। भने, पोखरा -६ का २३ र २८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै नवलपुरको कावासोती नगरपालिका -२ का १४ वर्षीया बालिका सहित ३७ वर्षकी महिला, बाग्लुङ बरेङ गाउँपालिका -२ का २५ वर्षीया महिला र ६ वर्षीय बालकमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

संक्रमित आठै जनालाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १७६४ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds