कास्कीको पोखरा महानगरपालिका वडा नं – ७ का १६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिका वडा नं – ७ का १६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
संक्रमितको उमेर समुह २३ देखि ४७ बर्ष भित्रका रहेका छन् । पोखरा – ७ का २३ बर्षीय पुरुष ४ जना , २४ बर्षीय पुरुष ३ जना, २६ बर्षीय पुरुष १ जना, २८ बर्षीय पुरुष १ जना, ३१ बर्षीय पुरुष २ जना, ३३ बर्षीय पुरुष १ जना, ३४ बर्षीय पुरुष १ जना, ३६ बर्षीय पुरुष २ जना, ४७ बर्षीय पुरुष १ जना पुष्टि भएको निर्देशनालय जनाएको छ ।
कोरोना पुष्टि भएका १६ जना सबै प्रहरी रहेको खुलेको छ । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलका अनुसार पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टिनमा बसेका प्रहरीमा कोरोना देखिएको हो । उनीहरु कार्यरत कार्यालय पोखरा ७ र स्याङ्जामा ड्युटी गरेर फर्किएपछि पोखरा ५ स्थित मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका थिए । सुरक्षाका लागि विभिन्न समयमा कास्कीबाट स्याङ्जामा गएका प्रहरीमा कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । स्याङ्जामा प्रहरीलाई कोरोना देखिएर जिप्रका सिल भएपछि कास्कीबाट सुरक्षाका लागि प्रहरी स्याङ्जा लगिएको थियो ।

सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते