कास्कीको पोखरा महानगरपालिका वडा नं – ७ का १६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिका वडा नं – ७ का १६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
संक्रमितको उमेर समुह २३ देखि ४७ बर्ष भित्रका रहेका छन् । पोखरा – ७ का २३ बर्षीय पुरुष ४ जना , २४ बर्षीय पुरुष ३ जना, २६ बर्षीय पुरुष १ जना, २८ बर्षीय पुरुष १ जना, ३१ बर्षीय पुरुष २ जना, ३३ बर्षीय पुरुष १ जना, ३४ बर्षीय पुरुष १ जना, ३६ बर्षीय पुरुष २ जना, ४७ बर्षीय पुरुष १ जना पुष्टि भएको निर्देशनालय जनाएको छ ।
कोरोना पुष्टि भएका १६ जना सबै प्रहरी रहेको खुलेको छ । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलका अनुसार पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टिनमा बसेका प्रहरीमा कोरोना देखिएको हो । उनीहरु कार्यरत कार्यालय पोखरा ७ र स्याङ्जामा ड्युटी गरेर फर्किएपछि पोखरा ५ स्थित मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका थिए । सुरक्षाका लागि विभिन्न समयमा कास्कीबाट स्याङ्जामा गएका प्रहरीमा कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । स्याङ्जामा प्रहरीलाई कोरोना देखिएर जिप्रका सिल भएपछि कास्कीबाट सुरक्षाका लागि प्रहरी स्याङ्जा लगिएको थियो ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन