कास्की – पोखरामा आज निषेधाज्ञा जारी गरिएको दाेस्राे दिन हो । पोखरा सहित कास्की जिल्लाभर नै मंगलबार मध्यरातदेखि निषेधाज्ञा जारी छ । ५ दिने लकडाउन भदौ ७ गते अन्त्य हुनेछ । निषेधाज्ञाको पहिलो दिन जस्तै यहाँ दोस्रो दिन पनि धेरै हदसम्म नागरिकले पालना गरेका छन् । देशकै सबैभन्दा ठूलो महानगर पोखरासहित कास्की जिल्लामा अत्यावश्यक सेवा बाहेकका सवारीसाधन पनि कमै चलेको देखिन्छ ।

कास्की जिल्लामा जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार जिल्लाभर नै निषेधाज्ञा पालना भएको पाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । पोखरामा पनि निषेधाज्ञालाई धेरै हदसम्म पालना गरिएको पाइएको छ । यद्यपी, भित्री ठाउँहरुमा केही साना सवारी चलेका देखिन्थे भने नागरिकहरु पनि सडकमा बन्दको बेलाझैं निस्किएको देखिन्थे । केही ठाउँमा केटाकेटीहरु पनि खेलिरहेका थिए । यस्तो कार्य नगर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रशासनले विहान ५ बजेदेखि ८ बजेसम्म खाद्य सामाग्रीका पसल खाेल्न छुट दिएकाे भए पनि खुलेका खाद्य पसलमा पनि निकै कम भिडभाड छ ।
https://www.facebook.com/gandaknews/videos/1269315096743246/
सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र सुरक्षा जाँच गरिरहेका छन् । करिब ६ सयकाे संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ ।


सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प