कास्की – पोखरामा आज निषेधाज्ञा जारी गरिएको दाेस्राे दिन हो । पोखरा सहित कास्की जिल्लाभर नै मंगलबार मध्यरातदेखि निषेधाज्ञा जारी छ । ५ दिने लकडाउन भदौ ७ गते अन्त्य हुनेछ । निषेधाज्ञाको पहिलो दिन जस्तै यहाँ दोस्रो दिन पनि धेरै हदसम्म नागरिकले पालना गरेका छन् । देशकै सबैभन्दा ठूलो महानगर पोखरासहित कास्की जिल्लामा अत्यावश्यक सेवा बाहेकका सवारीसाधन पनि कमै चलेको देखिन्छ ।

कास्की जिल्लामा जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार जिल्लाभर नै निषेधाज्ञा पालना भएको पाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । पोखरामा पनि निषेधाज्ञालाई धेरै हदसम्म पालना गरिएको पाइएको छ । यद्यपी, भित्री ठाउँहरुमा केही साना सवारी चलेका देखिन्थे भने नागरिकहरु पनि सडकमा बन्दको बेलाझैं निस्किएको देखिन्थे । केही ठाउँमा केटाकेटीहरु पनि खेलिरहेका थिए । यस्तो कार्य नगर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रशासनले विहान ५ बजेदेखि ८ बजेसम्म खाद्य सामाग्रीका पसल खाेल्न छुट दिएकाे भए पनि खुलेका खाद्य पसलमा पनि निकै कम भिडभाड छ ।
https://www.facebook.com/gandaknews/videos/1269315096743246/
सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र सुरक्षा जाँच गरिरहेका छन् । करिब ६ सयकाे संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ ।


सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते