पोखरामा विहीबार भेटिएका तीन जनामध्ये दुई जना कोरोना संक्रमित पोखरा ५ का हुन् । उनीहरु पोखरा मालेपाटन स्थित एक सहकारीमा कार्यरत कर्मचारीका नातेदार भएको खुलेको छ । ति कर्मचारीको परिवारमा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
साउन २७ गते कञ्चन सहकारीमा पैसा संकलनको काम गर्ने ति ३८ वर्षीया महिला र उनका ११ वर्षीय छोरामा कोरोना पुष्टि भएको थियो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारको पनि स्वाब परीक्षण गरिएको थियो ।
वडाअध्यक्ष धनबहादुर नेपालीका अनुसार परीक्षण गर्दा ५ दाजुभाइ रहेका उनको जेठो दाजुको परिवारका ६ जना, माइलो दाजुको परिवारका ४ जना र साइँलो दाजुका ३ जना परिवारमा कोरोना देखिएको छ । विहीबार देखिएका दुई जना १४ वर्षीय पुरुष र १६ वर्षीया महिला माइला दाजुका छोराछोरी हुन् ।
ति महिला ज्वरो आएपछि साउन २२ गते फेवासिटी अस्पतालमा भर्ना भएकोमा साउन २५ गते शंका लागेपछि स्वाब परिक्षणका लागि पठाइएको थियो । दुई दिनपछि स्वाबको रिपोर्ट पोजेटिभ आएको थियो।
पोखरा महानगरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ सय ४२ पुगेको छ। जसमा १ सय ३१ जना निको भएर घर फर्किसकेका छन्। पोखरामा मृत्यु हुनेको संख्या भने २ पुगेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु