कपडा र मोवाइल किनारमा राखेर पर्वतका एक पुरुष कालिगण्डकीमा बेपत्ता

कपडा र मोवाइल किनारमा राखेर पर्वतका एक पुरुष कालिगण्डकीमा बेपत्ता

kali-gandakii

पर्वत – पर्वतको विहादीमा एक पुरुष कालिगण्डकी नदीमा वगेर वेपत्ता भएका छन् ।

शुक्रबार अन्दाजी १ बजेको समयमा जिल्लाको विहादी गाउँपालिका वडा नं -४ बस्ने ४२ वर्षका बिष्णु प्रसाद भुषाल आफ्नै घरदेखि अन्दाजी ३ किलोमिटर टाढा रहेको कालिगण्डकी नदीमा बगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

भुषालले आफुले लगाएको टिसर्ट, कट्टु र मोवाइल नदी किनारमा राखेर गण्डकीमा बेपत्ता भएको स्थानीयलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले अहिले खोजीकार्य शुरु गरिसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ