पाेखरामा १ घण्टा नबित्दै थपिए १३ संक्रमित

पाेखरामा १ घण्टा नबित्दै थपिए १३ संक्रमित

pokhara2

पाेखरा महानगरपालिकामा एक घण्टा नबित्दै १३ जना काेराेना संक्रमित थपिएका छन् । निर्देशनालयले जारी गरेकाे बिहान ११ बजेकाे दाेस्राे अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको  छ ।

यसअघि, आज पहिलाे विवरण अनुसार बिहान १० बजे पाेखराका ३ सहित गण्डकीमा ११ जना संक्रमित थपिएका थिए ।

कास्कीको पोखरा महानगरपालिका वडा नं – ४ का २२ र २३ बर्षीय पुरुष,  वडा नं – ५ का ३४ बर्षीय पुरुष, वडा नं – ६ का ३४ र ६१ बर्षीय पुरुष, वडा नं – ८ का १९, २४, ४४ बर्षीय महिला र १६ बर्षीय पुरुष, वडा नं – ९ का ३५ बर्षीय पुरुष, वडा नं – १६ का ३० बर्षीय पुरुष, वडा नं – २७ का ३० बर्षीय पुरुष, वडा नं – ३० का बर्षीय महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

एक घण्टा अघि मात्रै पोखरा महानगरपालिका वडा नं (९ का ६१ बर्षीय महिला र ६ बर्षीय बालिका, पोखरा–४ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८६८ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जानकारी दिएको छ ।

 |

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ