पाेखरामा ट्याक्सी चालकमा पनि काेराेना देखियाे, थप २ जना संक्रमित

पाेखरामा ट्याक्सी चालकमा पनि काेराेना देखियाे, थप २ जना संक्रमित

lokdon tax

पोखरा महानगरका एक ट्याक्सी चालकसहित पोखराका थप २ जनामा कोरोना पुष्टि  भएको निर्देशनालयले जनाएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा  गरिएको परीक्षणमा पोखराका २, नवलपरासी पु. का ६ र गोरखाका १ जना गरी गण्डकी प्रदेशमा थप  ९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

पोखरा महानगरपालिका-१६ का ४० बर्षीय संक्रमित पुरुष ट्याक्सी चालकसहित ३१ बर्षीया महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, निर्देशनालय अनुसार गोरखाका एक पुरुष  र नवलपरासी पु. का ३ पुरुष र ३ महिलामा कोरोन संक्रमण पुष्टी भएको जनाएको छ ।

सबै संक्रमितहरु कन्ट्याक्ट् ट्रेसिङ मार्फत पहिचान भएको जनाएको छ । सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यसैगरी, गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६११ (८५.७३ %) रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds