लमजुङका बृद्धले हँसियाले हानेरै आक्रमण गर्ने चितुवा मारिदिए

लमजुङका बृद्धले हँसियाले हानेरै आक्रमण गर्ने चितुवा मारिदिए

leaopard-attack-lamajung

लमजुङ –  लमजुङमा चितुवाको आक्रमणबाट एक वृद्द मानिस घाइते भएका छन् ।

जिल्लाको बेसिशहर नगरपालिका वडा नं -९ साम्दी थापा गाउँस्थित ७० वर्षीय हरी बहादुर थापा चितुवाको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर नजिकै बारीमा घाँस काटिरहेका बेला एक्कासी चितुवाले आक्रमण गरेपछि प्रतिकार स्वरूप वृद्दले हँसियाले चितुवालाई हान्दा निरन्तरको हँसिया प्रहारपछि चितुवा घटनास्थलमै मरेको थियो । चितुवाको आक्रमणबाट वृद्दको हात र खुट्टामा चोट लागेको छ ।

घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले घाइते वृद्दलाई जिल्ला सामुदायिक अस्पताल पठाएकोमा अस्पतालले थप उपचारका लागि टेकु अस्पताल काठमान्डौ रिफर गरेको छ ।

घटनाको बिषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

फोटो सौजन्य : विष्णु थापा

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds