कास्कीमा भदौ २ गते रातिदेखि जारी निषेधाज्ञा १२ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ती जारी गर्दै पाँच दिनसम्म बन्द रहेको बैंक तथा बित्तिय संस्था अब सुरक्षित हिसाबले खोल्न दिने भएको छ । तर, सहकारी भने खोल्न पाइने छैन ।
थप गरिएको निषेधाज्ञाको समयमा न्युनतम कर्मचारीहरुको उपस्थितिमा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी पूर्ण सावधानी अपनाएर सम्पूर्ण सरकारी कार्यालयहरु, अत्यावश्यक सेवा संचालन गर्ने कार्यालय तथा संस्थानहरु खोल्न पाइने प्रशासनको विज्ञप्तीमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित हिसाबले संचालन गर्ने सकिने बताएको छ । तर सहकारीहरु भने खुल्न नपाउने प्रशासनले जनाएको छ । औषधी पसलहरु लगाएत अन्य अत्यावश्यक सेवाहरु पनि सञ्चालन गर्न पाइनेछ । क्वारेन्टिनका लागि तोकिएका होटल बाहेकका सबै होटल तथा रेष्टुरेन्टहरु बन्द हुनेछन् ।
बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजे सम्मका लागि खाद्यान्न, तरकारी, फलफुल, माछा, मासु, दुध तथा डेरी जन्यका सेवाहरु पनि सञ्चालन गर्न पाइनेछ । हार्डवेयर भने दिनको २ घन्टा खोल्न पाइनेछ । हार्डवेयर साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइनेछ ।

सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते