गण्डकी प्रदेशमा आज: पोखराका ५ जना सहित १२ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज: पोखराका ५ जना सहित १२ जना कोरोना संक्रमित थपिए

aaja bhadau 7

गण्डकी प्रदेशमा आज पोखराका ५ जना सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो पटक पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

३९ वर्षीय उक्त पुरुष स्वास्थ्यकर्मी प्रतिष्ठानको इमर्जेन्सी विभागमा कार्यरत रहँदै आएको र उनको सोही प्रतिष्ठानको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो । केहीदिन देखि होटल क्वारेन्टाइनमा रहेका उनलाई अहिले प्रतिष्ठानको आइसोलेसन कक्षमा लगिएको छ ।

यस्तै, दिउँसो जारी भएको दोस्रो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिका वडा नं १६ का ४० वर्षिय पुरुष र ३१ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । वडा नं १६ का ४० वर्षिय पुरुष ट्याक्सी चालक रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै, नवलपरासी पुर्वका विनय त्रिवेणी नगरपालिका वडा नं १ का ९, ४३ र ६५ वर्षका पुरुष र सोही नगरपालिकाको २८, ३६ र ४९ वर्षिया महिला गरि ६ जनामा कोरोना पुष्टि भएको छ । गोर्खाका २८ वर्षिय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आजै बिहान पोखराका २ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीह पोखराको कास्की सेवा हस्पिटलको आईसीयू कक्षमा उपचाररत एक जना बिरामी र एक नर्स रहेको खुलेको छ ।

भदौ २ गते राति कोरोना संक्रमित तनहुँकी ५० वर्षकी महिलाको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये आइतबार स्टार्फ नर्स र आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

तनहुँकी महिलाको मृत्यु भएपछि आईसीयूमा सारेर उपचार गरिएको महिलामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । नर्सलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ भने आइसीयूमा उपचाररत महिलालाई पोखरा विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८८० पुगेको छ । गण्डकी प्रदेशमा गत २४ घण्टामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० र क्षयरोग उपचार केन्द्र पोखरामा ३६३ गरी कुल ४१३ नमुना परिक्षण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds