अवैध जडिबुटी ६९५ केजी सहित लमजुङ बेसीशहरकी एक महिला पक्राउ

अवैध जडिबुटी ६९५ केजी सहित लमजुङ बेसीशहरकी एक महिला पक्राउ

arrested-siddimaya-tamang

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीको टोलीले ठूलो मात्रामा अवैध जंगली जडिबुटी

सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेसिशहर नगरपालिका वडा नं – ७ बस्ने वर्ष ३८ कि सिद्धिमाया तामाङ रहेकी छन् ।

घरमा अवैध रूपमा जङ्गली जडिवुटी लुकाई छिपाई संकलन गरी राखेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले तामाङको घरमा खानतलासी गर्दा विभिन्न प्रजातिको अवैध जंगली जडिबुटी फेला पारेको हो ।

प्रहरीले तामाङको घरबाट अवैध जडिबुटी डालिङ (गुरुङ भाषामा टलिट) ४७६.१ केजी, वन लसुन १५४ केजी, कुड्की २४.६ केजी, जटामसी १४.९ केजी, सुगन्धवाल १८.३ के.जी, सतुवा ४.४ केजी र बन आलु २.८ केजी गरी जम्मा ६९५.१ केजी अवैध जडिबुटी बरामद गरेको छ ।

पक्राउ परेकी तामाङलाई बरामद भएका उक्त जडिबुटी सहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds